हुलाकी न्यूज, काठमाडौं, ६ मंसिर । संघीय समाजवादी फोरम नेपालले सरकार वार्ता बिथोल्न र मुलुकलाई थप संकटको तर्फ धकेल्न लागिपरेको आरोप लगाएको छ ।

सप्तरीको भारदह र रुपनीमा शनिबार राति प्रहरीको गोलीले दुईजना प्रदर्शनकारीको मृत्यु भएपछि फोरम नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनकारीमाथि सरकारले दमन जारी राखेकोले शान्तिपुर्ण आन्दोलनमा प्रहरीको दमन बन्द भएमात्र वार्ता परिणाममुखी हुनसक्ने बताएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी गरिएको विज्ञप्तिमा सप्तरीमा भएको प्रहरी दमनको विरोध र निन्दा गरिएको छ ।

sanghiya samajwadi forum

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.