हुलाकी न्यूज, जनकपुरधाम :  जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले कुर्सीको दौडमा आफूहरु नरहेको बताएका छन्।

आज सिंहदरबारमा दलको बैठकपछि उनले भने, ‘आफूहरु कुर्सीको दौडमा छैनौं।

हामी माग र मुद्दाबारे तटस्थ छौं। यो शक्तिको प्रयोग जनताका लागि गर्छौं।’

दलको नेतामा महतो चयन भएपछि पहिलोपटक दलको बैठक बसेको छ।

संसदीय दलको कार्यालय अगाडि संसदीय दलको नेता भन्दै राजेन्द्र महतोको नाम टाँसिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.