हुलाकी न्यूज, काठमाडौं, ६ मंसिर । युनाईटेड मधेशीले भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासअगाडि प्रदर्शन गरेको छ । मधेश आन्दोलनको सयौं दिन शनिबार युनाईटेड मधेशीले दुतावासअगाडि आन्दोलनको समर्थनमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा तराई/मधेश प्रवासी मञ्चले पनि सहभागिता जनाएको थियो । आन्दोलनको सय दिन पुगेको अवसरमा उनीहरुले सम्पूर्ण मधेशी सहिदलाई श्रद्धाञ्जली दिँदै १०० सेकेण्ड मौन धारण गरेका थिए । सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मैनबत्ती प्रज्वलन गरिएको थियो ।

युनाईटेड मधेशीले आन्दोलनरत मधेशी र थारुको माग अबिलम्ब पुरा गर्न माग गर्नुका साथै आन्दोलनलाई सम्बोधन गर्न सरकारले गरेको ढिलाईप्रति आपत्ति जनाएको संयोजक संजय यादवले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.