हुलाकी न्यूज, रौतहट, ६ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा ७९ वटा सवारीसाधन रोकिएका छन् । प्रहरीको सुरक्षा घेरामा काठमाडौंबाट आएका यात्रुवाहक बस र मालवाहक ट्रक पुर्वाञ्चलमा उत्पन्न भएको असहज परिस्थतिको कारण चन्द्रनिगाहपुरमा नै रोकिएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक मनोज कुमार यादवका अनुसार पूर्वाञ्चलका केहि जिल्लाहरुमा राजमार्ग केन्द्रित आन्दोलन भैराखेको कारण ती सवारी साधनहरु सुरक्षाको ख्याल गर्दै रोकिएको हो ।
चपुरस्थित राजमार्गमा रोकिएको सवारी साधनहरुमा यात्रुवाहक बस ५८ वटा, मालवाहक ट्रक १७, ट्यांकर ३ तथा जिप १ वटा रहेको छ । पूर्वको लागि राजधानीबाट छुटेको बस बीचमा रोकिएपछि यात्रुहरु अलपत्र अवस्थामा पुगेका छन् ।



