हुलाकी न्यूज, रौतहट ।  बढदो कोभिड महामारीको बेला सरकार र अन्य प्रमुख दलका नेताहरु निर्लज्ज तरिकाले सत्ताको कुर्सी खोसाखोस गर्ने खेलमा लागेको भए पनि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहाको टीम रौतहटमा फुल एक्सनका साथ कोरोनाको उपचार व्यवश्थापनमा जुटेको छ ।

रौतहटको बौधिमाई नगरपालिकामा पर्ने बंकुल बजारमा ई. वसन्त कुशवाहा र डा. सुबन्त कुमार कुशवाहा द्वारा स्थापना गरिएको मॉ जानकी हॉस्पिटल प्रा.लि. द्वारा विभिन्न स्वास्थ्य सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउंदै आएको छ ।

महामारीका बेला गरिब तथा मध्यम वर्गका बिरामीलाई लक्षित गरि निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँदै आएको अस्पतालका संस्थापक डा. सुबन्त कुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार हालसम्म ६५० जना भन्दा बढ़ी बिरामीको नि:शुल्क ओपीडी, १०० जना भन्दा बढ़ी बिरामीको नि:शुल्क ल्याब टेस्ट, ५० जना भन्दा बढ़ी बिरामीको नि:शुल्क औषधी वितरण, २५ जना भन्दा बढ़ी कोरोना संक्रमित बिरामीको प्रारम्भिक उपचार, ५ जना अति संक्रमित कोरोना बिरामीको अन्य अस्पतालमा ब्यवस्था मिलाई उपचार, २,००० भन्दा बढ़ी नि:शुल्क मास्क वितरण, १,००० जना भन्दा बढ़ीलाई कोरोना सम्बन्धी जानकारी तथा प्रशिक्षण दिएको बताए ।  डा. कुशवाहा जनमत पार्टीका केन्द्रिय सदस्य तथा चिकित्सक जनमत संघका उपसंयोजक समेत हुन ।

त्यसैगरी जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अस्पतालका अर्का संस्थापक ई. वसन्त कुशवाहाका अनुसार यस्तो विषम परिस्थितीमा पनि सरकारले खोप, अक्सिजन, भेन्टिलेटर इत्यादीको व्यवस्थापन गर्नुको साटो लाश जलाउने दाउरा ब्यवस्थापनमा लागेकोले अहिले सरकार नै जनताको लागी यमराज बनेको आरोप लगाए ।

जनताले भोगिरहेको पीडादायक अवश्थामा मानवताका नाताले समेत हाम्रो टीमले जनतालाई सकेको स्वास्थ्य राहत पुर्‍याइरहेको र जनमत पार्टीको नेताको हैसियतले जनमत सेवा गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.