हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मुख्यमन्त्री कार्यालय अगाडि पोस्टकार्ड हातमालिई समाजिक दुरी कायम गरि प्रदेश सरकार विरुद्ध विरोध प्रदेश गरेका छन।
जनकपुरधाममा पछिल्लो केहि समयमा उपचार अभावका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको र संक्रमितहरुले उपचारका लागि अक्सिजनको उपलब्धताबाट वञ्चित रहेकाे अवस्थामा पनि प्रदेश सरकारले यसतर्फ कुनै व्यवस्थापन नगरेको भन्दै नेविसंघ युवाहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।
नेपाल विद्यार्थी संघका युवाहरुको मांग यस प्रकारका छन्। कोरोना विरामी अक्सिजनको समस्या समाधान हुनु पर्ने,कोरोना संक्रमित लाई निःशुल्क उपचार हुनुपर्ने,कोभिड अस्पताल निर्माण गर्नुपर्ने,कोभिड छिटो भन्दा छिटो खोप उपलब्ध गराउनुपर्ने,भेन्टिलेटर अक्सिजन सहितको ICU निर्माण हुनुपर्ने,त्यस्तै, उपचार अभावमा दिनानुदिन संक्रमितहरुले अनाहकमा ज्यान गुमाइरहेको भन्दै अविलम्ब समाजिक विकास मन्त्री नवल किशोर राजिनामा दिनुपर्ने।