हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । विगत दश दिनदेखी आमरण अनसनमा बसेका इन्द्रकुमार झा(मधेशानन्द)को अवस्था विग्रिदै गएको छ । उनको अवस्था नाजुक भएपछि उनलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

मधेशमा भईरहेको प्रहरी दमनको विरुद्ध उनले अन्तर्राष्ट्रिय निकायलाई गुहारेका छन् । उनले दैनिक मधेशमा सयौं जनाको अंगभंग भईरहेको र राज्य क्रुर भएर प्रस्तुत भएको भन्दै अन्तर्राष्ट्रिय निकायलाई गुहारेको हो ।

सरकार जातीय नरसंहारमा गएको अवस्था उनले अन्तर्राष्ट्रिय निकायले आन्तरिक मामिला भनेर पंछिन नहुने बताएका छन् । भिडियो घनश्याम मिश्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.