हुलाकी न्यूज, काठमाडौं ६ मंसिर । मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा आज अमेरिकामा प्रदर्शन हुँदैछ । अमेरिकामा रहेका मधेशी–थारुहरुको संगठनहरुले संयुक्त रुपमा वसिङ्गटन डीसीमा प्रर्दशन गर्न लागेको हो ।

आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन हुने आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले हुलाकी न्यूजलाई बताए ।

यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका (एन्टा)ले जारी गरेको विज्ञप्तिमा नेपालको नयाँ संविधानको विरुद्ध, मधेशमा भएको मानव अधिकारको हननका विरुद्ध र भारतीय नाका मधेश आन्दोलनका कारण बन्द भएको जनाउन प्रदर्शन हुने जनाएको छ ।

प्रदर्शन अमेरिकी समयअनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म लाफायते पार्कमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.