हुलाकी न्यूज,जनकपुरधाम :जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी निषेधाज्ञा उलंघन गरी साँझको समयमा मदिरा पसल संचालन गर्ने ६ जना मदिरा व्यवसायीलाई पक्राउ गरेको प्रहरीले जनाएका हुन् ।
राजविराज, विष्णुपुर, छिन्नमस्ता लगायतको ठाउँबाट पक्राउ परेका मदिरा व्यवसायीलाई पक्राउ गरी संक्रमण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बतानुभएको छ।
यसै गरी सप्तरी जिल्ला भरि निषेधाज्ञा उलंघन गर्ने २ हजार ६४८ जनालाई कारबाही गरिएको छ ।
निषेधाज्ञा उलंघन गरी सवारीसाधान चलाउने, मास्क नलगाई हिड्ने, अनाधिकृत रुपमा भीडभाड गर्ने जस्ता गतिविधि गर्ने २ हजार ६४८ जनालाई जनही १ सय रुपैयाँ जरिवाना गरी कारबही गरिएको सप्तरीका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी काफ्ले बताए ।निषेधाज्ञाको परिपालन गराउन प्रहरीले निषेधाज्ञा उलंघन गर्ने व्यक्तिहरुलाई केहिबेर होलिडिङ् गराई सम्झाई बुझाइ छाडिएका छन्।