हुलाकी न्यूज, जनकपुरधाम : गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यससँगै हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।