हुलाकी न्यूज,

काठमाण्डौं, ५ मंसिर ।

मधेशका दलहरु जेपी गुप्ता, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको पार्टी मिलेर नयाँ पार्टीको गठन बनाएका छन्   । चार दल मिलेर पार्टीलाई नयाँ नाम ‘संघीय समावेशी गठवन्धन’ दिएका छन् ।

भण्डारीको तराई मधेस समाजवादी पार्टी र राजकिशोरको फोरम गणतान्त्रिक विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा थिए । तर, गच्छदार सरकारमा गएपछि यो मोर्चा निष्कृय जस्तै बन्यो ।

चार दलले शनिबार नयाँ मोर्चा गठन गरेको जानकारी जनकपुरमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका छन् । अबको आन्दोलन अझै सशक्त बनाउने गरि अगाडि बढ्ने पनि बताए ।

पत्रकार सम्मेलनमा मधेश आन्दोलन १०० औं दिन पुगेको अवसरमा वीरगंजमा सभा गर्ने बताएका छन् । ‘संघीय समावेशी गठवन्धन’ले अन्य मोर्चासँग सहकार्य गर्ने र त्यसका लागि वार्ता समिति छिट्टै बनाउने बताएको छ ।

पूर्वमन्त्री रहेका गुप्ताले तराई मधेश राष्ट्रिय अभियान गठन गरेर तराई मधेशमा आन्दोलन गर्दै आएका थिए भने अनिल झालेले संघीय मधेशी मोर्चा बनाएका थिए ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.