हुलाकी न्युज :  डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठनहरू गैर आवाशीय मधेशी संघ र चिकित्सक जनमत संघका बीच कोरोना संक्रमणको उपचार, अक्सीजन लगायतको ब्यवस्थापनका सम्बन्धमा आवश्यक पहलका लागी छलफल सम्पन्न भएको छ ।

१५ मे का दिन अनलाइन Zoom मिटिङ्ग मार्फत भएको छलफलमा गैर-आवाशीय मधेशी संघ, अन्तर्राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष ई. शम्भुनाथ साह (कतार), ई. संजय कर्ण( एनआएमए -युएई), ई. धिरज साह (एनआरएमए – संयुक्त राज्य अमेरिका), डा. लोकेन्द्र यादव (एनआरएमए -भारत), डा. श्याम बाबु महतो (एनआरएमए -सिंगापुर) लगायतका व्यक्तिहरु सहभागी थिए भने चिकित्सक जनमत संघका तर्फबाट डा. सुबन्त कुमार कुशवाहा र डा. बिनय पजियार तथा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव समेत सहभागी थिए।

छलफलमा एनआरएमए-अन्तराष्ट्रीय समितीका कार्यवाहक अध्यक्ष शम्भूनाथ साहले छलफलका निर्णय बारे जानकारी दिंदै – देश, विदेशमा रहेका मधेशी समुदायलाई देशमा कोविडबाट प्रभावित क्षेत्रका जनताको जीऊज्यानको रक्षाको लागी सहयोग गर्न आह्वान गर्ने र सो बाट प्राप्त सहयोग लाई कोरोना संक्रमणको उपचार, बेड -अक्सीजन, पीपीई किट, मास्क आदि व्यवस्थापन गर्ने तथा विदेशमा फंसेका मधेशी साथीभाईको उद्धारका लागी एनआरएमए मार्फत आवश्यक पहल गर्ने निर्णय गरिएको जानकारी दिए ।

चिकित्सक जनमत संघका तर्फबाट डा. सुबन्त कुमार कुशवाहा र डा. विनय पंजियारका अनुसार उपचारका लागी आवश्यक पर्ने स्वास्थ्य जनशक्ति जुटाउने काममा एनआरएमए संग सहकार्य गर्ने जानकारी दिए।

छलफल पछि कुराकानी गर्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं एनआरएमए- अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले देश अहिले बेवारिसे अवस्थामा चलिरहेको भन्दै अहिलेको विषम परिस्थितीमा समेत सरकार र अन्य प्रमुख राजनीतिक दलहरुले असंवेदनशील चरित्र देखाएको कारण जनताले देशमा राज्य र सरकारको प्रत्याभूती गर्न नसकेको आरोप लगाए।यस अवस्थामा जनमत पार्टीले जनचेतना मुलक तथा सेवा सम्बन्धी कार्यक्रम जारी राखेको छ।

देशमा अहिले दिनहुँ झण्डै ८,००० देखि १०,००० को हाराहारीमा नयाँ संक्रमितको संख्या थपिंदै गइराखेको र प्रति दिन २०० देखि ३०० सम्मले ज्यान गुमाई राखेको प्रति सबै सहभागीले चिन्ता ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.