हुलाकी न्यूज,
सिरहा, ५ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्बोधन गर्नुपर्ने नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ र लहान नगर समितिले माग गरेको छ ।
मोर्चाले विगत ९८ दिनदेखि जारी राखेको आन्दोलनमा समर्थन जनाउँदै आज सिरहा लहानमा काँग्रेसले जुलुस समेत प्रदर्शन गरेको हो । जुलुसमा सयौं काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता थियो । उनीहरुले मधेशी मोर्चासँग विगतमा सरकारले गरेको २२ बुँदै र ८ बुँदै सम्झौता कार्यान्वयन गर्नुपर्ने चर्को नारा लगाएका थिए ।
लहानस्थित सहिद चौक नजिकैबाट निकालेको जुलुस नगरको विभिन्न भागमा परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर कोण सभा गरे । कोणसभालाई सम्बोधन गर्दै काँग्रेस सिरहा क्षेत्र नम्बर १ का सभापति अच्मीत लाल चौधरी र लहान नगर सभापति महेश चौधरीले मधेशको जायज माग सरकारले सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
साभार दैनिक नेपाल



