हुलाकी न्यूज, युएई ।  विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई ले युएईको अबुधाबी स्थित बुहासा क्याम्पमा क्षेत्रीय संगठन विस्तार गरेको छ ।
१४ मे शुक्रवारका दिन बुहासा क्याम्पमा एनआरएमए-युएई का अध्यक्ष ई.संजय कर्णको विशेेष अतिथ्यमा स्वास्थ्य सतर्कताको मापदण्ड पालना गरी बसेको बैठकद्वारा उमेश मण्डलको अध्यतामा ३९ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
समितीका उपाध्यक्षमा नरेश दास,ओपिन्द्र राम, संजय राम, विषेश्वर शर्मा चयन भएका छन भने सचिवमा सुनिल सहनी, सहसचिबमा मिथिलेश कुमार यादब तथा मिडिया कोर्डिनेटरमा मुकेश सिंह चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा दिलचन मुखिया, ललित कुमार यादव, कामेश्वर यादव, नरेश मंडल, राकेश साह, काशिन्द्र दास, चन्दन राउत, रामसुत कापर, उदय महरा, सुनील कुमार साह, बाबधियान यादव, रमेश पटेल, धनिकलाल मंडल, रंजीत महतो, देबेन्द्र पासवान, ब्रम्हदेव मुखिया, महेश शर्मा, राजेश महतो, संतोष महतो, दिलीप कुमार मंडल, सूर्यनाथ साफी, रामललित ठाकुर, राजू कुमार यादव, संतोष महारा, नागेंद्र राम र राधेकृष्ण ठाकुर रहेका छन् ।
त्यसैगरी सल्लाहकार मण्डलमा मोहम्मद कलाम, जगदीश प्रसाद यादव, भोला साह, श्याम राउत र कृष्णा साह रहेका छन ।
सन २०१४ मा एनआरएमए -युएई को गठन पछि युएई का विभिन्न क्षेत्रमा जस्तै अबुधाबी, अजमान, अल ऐन, दुबई, डि. आई.पि., डि.आई. सि., जबेलअलि, सारजाह,सोनापुर, रासअलखेमा र फुजेराहमा समेत विभिन्न क्षेत्रीय तथा इकाई संगठन विस्तार गरिसकेको एनआएमए युएई का अध्यक्ष ई. सञ्जय कर्ण ले जानकारी दिए ।

हालसम्म गैर आवासीय मधेशी सँघले विश्वका ४६ वटा देशहरुमा आफ्नो शाखा विस्तार गरि झण्डै २ लाख मधेशी जोडिसकेको एमआरएमए युएईका उपाध्यक्ष जगनारायण मण्डलले बताए ।

क्षेत्रीय समिती गठन पछि अंतर्राष्ट्रीय समितीका कार्यवाहक अध्यक्ष ई.शम्भूनाथ साहले शुभकामना दिंदै युएई मा रहेका सम्पूर्ण मधेसी समुदायलाई एनआरएमए सँग आबद्ध हुन र एक अर्काको सुख:-दुख:मा साथ दिन आग्रह गरेका छन ।

एनआरएमए ले प्रवासमा रहेका मधेशी समुदायलाई आपतविपतका समयमा सहयोग गर्ने, मधेश र मधेशीका हक अधिकारका बारे प्रशिक्षण दिने तथा मधेशका धार्मिक – सांस्कृतिक पर्व -तिहारमा कार्यक्रमहरु आयोजना गरि मधेशी समुदायलाई एकजुट गर्दै आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.