हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाममा चाँडै अक्सिजन प्लान्ट सुरु हुन लागेको छ l
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला स्थित नयाँ एसआर ग्रुपद्धारा अक्सिजन प्लान्ट सुरु हुने भएको छ ।
महामारीमा विभिन्न अस्पतालमा अक्सिजनको कमी भएको अवस्थामा अक्सिजन प्लान्ट कोशेढुँगा साबित हुने विश्वास लिएका छन् भने यस अक्सिजन प्लान्टमा सुरुमा दैनिक ३०० अक्सिजन सिलिण्डर उत्पादन गर्नेछन् ।
साथैजनकपुरका आसपासका क्षेत्रमापनि अक्स्जिन सप्लाई हुने छन्। जनकपुरधाम उद्योग बाणिज्य सँघका अध्यक्ष जीतेन्द्र महासेठले बताउनुभएको छ।



