हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१७ हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जनामा र पाँच सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार सात सय चार पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ८७ जनाको ज्यान गएको छ ।

योसँगै ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.