अर्कना खातुन,
काठमाण्डौं, ५ मंसिर ।
जारी आन्दोलनको ९८ औं दिन भैसक्दा पनि सरकार मौन रहेकोले आन्दोलन झनै सशक्त हुन्दै गइरहेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन चर्काइ बाराको जनजीवन कष्टकर बनाएको छ ।
चाडपर्वको व्यस्तताको कारण अलिकति खुकुलो पारिएको आन्दोलन अहिले झनै बेसी चर्काइएको छ । बाराको प्रमुख बजारका साथै यहाँको यातायात, उद्योग, शिक्षण संस्था, सरकारी, गैरसरकारी कार्यालयहरु समेत बन्द छन् ।
बारामा बन्दले गर्दा हरेक क्षेत्र अस्तव्यस्त भएको छ । अस्तव्यस्तले दैनिक उपभोग्य सामाग्रीहरु नपाउने अवस्थामा छ । सडकमा मोटरसाइकल, साइकल जस्ता निजी सवारीहरु चल्न दिएका छैनन् । मोर्चाकर्ताले शुक्रबार ठाउँ ठाउँमा फाटफुट चलेका दर्जनौ मोटरसाइकलहरु रोकि तोडफोड समेत गरिरहेका छन् ।
बाराका नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीले, ‘याहाको जनजीवन अतिनै कष्टकर भैसकेको छ, दैनिक चाहिने बस्तु जस्तै इन्धन, ग्यास, खाद्यान्य लगायात अत्यन्त जरुरी औषधिको ठूलो मात्रामा अभाव भैरहेको बताए ।’
अध्यक्ष चौधरीले प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसंग भेटेर त्याहां चाहिने अति आवश्यक खाद्यान्य र बस्तुको व्यवस्था मिलाउने कुराकानी गर्दा समेत पन्थीले अहिले केही गर्न नसकिने बताउनु भयो ।
पुर्वघोषित कार्यक्रम अनुसार मधेसी मोर्चा बारा क्षेत्र नम्बर १ ले शुक्रबार कलैयामा प्रदर्शन गरेका थिए । सिम्रौनगढ नगरपालिकासहित बिभिन्न गाउँबाट आएकाहरुले कलैया नगरपरिक्रमा गरी ‘मोर्चाको माग पूरा गर’ भन्दै नाराबाजी गरे थिए । बाजागाजासहित निकालिएको र्यालीमा भोजपुरी भाषाका मधेस मैत्री गीत बजाउँदै युवाहरु नाचेका थिए ।
यता भने लामो समय देखि सम्पूर्ण विद्यालयहरु बन्द रहेकोले मधेशी मोर्चाको केन्द्रीय कमाण्डलले विद्यालयहरु सञ्चालनमा ल्याउन बिहीबार साँझ निर्णय गरेका थिए । शुक्रबार बिहानको समयमा सञ्चालनमा ल्याउने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन सकेन ।
नेपाल शिक्षक महासंघ बाराका अध्यक्ष भरतप्रसाद साहको अनुसार ‘साँझ मात्र जानकारी भएकोले विद्यालयहरु सञ्चालनमा आउन सकेन । उनले अब आइतबारदेखि मात्र विद्यालयहरु सञ्चालनमा आउने कुरा बाउनु भयो ।’
तीन महिना देखि लगातार आन्दोलन लम्बिदै जादा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले ‘आन्दोलन अझै सशक्त बनाउने बताउनु भयो । उनले माग पूरा नहुनेजेल सम्म आन्दोलन लम्बिन्दै जानेछ समेत बताउनु भयो ।’
मोर्चाले बारा सदरमुकाम कलैयासहित सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, गढीमाई नगरपालिका, कोल्हवी नगरपालिका, प्रसौनी लगायतका प्रमुख व्यापारीक नगरहरु ठप्प पारेका छन् ।



