हुलाकी न्यूज,
काठमाण्डौं, ४ मंसिर ।
बिहीबार दांगको लमहीमा संयुक्त संघर्ष समितिद्धारा गरिएको छलफलले मंसिर ५ गतेबाट चितवनदेखि कञ्चनपुरसम्म अनिश्चितकालिन बन्द गर्ने निर्णय भएको छ । समितिले मंसिर ४ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र ५ गतेदेखि आम हड्ताल गर्ने जनाएको छ ।
सरकारले कुनै चासो नदेखएकोले थारु समुदायका अगुवाहरुले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् । संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरले माग पूरा गर्न सरकारलाई थप दवाब दिइ थारु समुदायहरु आन्दोलनमा उत्रिने बताएका छन् ।
थरुहट-थारुवान संयुक्त संघर्ष समितिले अहिले नयाँ नामाकरण सहित आन्दोलन सुचारु गर्ने घोषण गरेका छन् । संघर्ष समितिका केन्द्रीय अध्यक्ष धनिराम चौधरी कैलाली घटनापछी लुकेर बस्दै आएपछी आन्दोलन कमजोर भएको भन्दै थप शसक्त बनाउन वा नामबाट आन्दोलन गर्न लागिएको बताइएको छ ।



