हुलाकी न्यूज, जनकपुरधाम : धनुषाका मिथिला विहारी नगरपालिका -५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको गएराती मध्यरातमा मृत्यु भएको छ । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

४५ वर्षिय ऊमेरका वडाअध्यक्ष मण्डल विगत एकहप्ता देखि बिरामी जस्तै ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्य अवस्था निकै बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उनलाई ल्याइएको थियो । तर उपचारकै क्रममा मध्यरातमा निधन भएको स्थानीय दिपन ठाकुरले बताउनुभएको छ ।

उनका अनुसार कोरोनाबाटै वडाध्यक्ष मण्डलको निधन भएको आशंका रहेको छ । तर पुष्टि भने भएको छैन । पीसीआर परीक्षण पनि गराएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.