हुलाकी न्यूज ,जनकपुरधाम :पछिल्लो २४ घण्टामा बिहीवार देशभर कोरोना संक्रमणबाट २१४ जनाको निधन भएको छ ।
योसँगै मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टाकै अवधिमा ८ हजार ९६० कोरोना संक्रमित थपिएका छन् ।
१९ हजार ४७४ पिसिआर र ७७१ एन्टिजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
यो अवधिमा ५ हजार ५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।