हुलाकी न्यूज ,जनकपुरधाम : धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गारएका छन् ।

कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदे बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाको समय भोलि राति सकिँदै छ ।

पहिलो चरणको निषेधाज्ञा सकिनु अघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.