प्रादेशिक कोभिड अस्पताल जनकपुर
प्रादेशिक कोभिड अस्पताल जनकपुर

हुलाकी न्यूज,जनकपुरधाम : सिकिस्त संक्रमितको मृत्युुपछि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड भएको छ।

समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले मंगलबार साढे ५ बजे अस्पतालमा  दुईवटा भेन्टिलेटर, झ्याल, फर्निचरसहित तोडफोड गर्दै कर्माचारी र नर्समाथि समेत हातपात गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले टुडेपाटीलाई जानकारी दिए।

उनका अनुसार  ५/६ जााको समूहमा रहेका समूहमा रहेका मानिसहरुले  अस्पतालमा तोडफोड र कर्मचारी तथा  स्वास्थ्यकर्मीलाई कुटपिट गरेको हो।

तोडफोड गर्ने २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य केही व्यक्तिहरु फरार रहेको र तिनीहरुको खोजविन भइरहेको प्रहरीले जनाएको छ।

जलेश्वर अस्पतालमा उपचार भइरहेका  महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय सुखीचन महतोलाई सिकिस्त अवस्थामा भर्नाका लागि प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो।

सिकिस्त अवस्थामा उपचारको लागि ल्याउँदा बाटोम‌ै मृत्यु भएको र सो झोकमा अस्पतालमा पसेर तोडफोड गरेको मेसु यादवको भनाइ छ।
अस्पतालमा तोडफोडपछि संक्रमितलाई उपचार सेवा प्रभावित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.