हुलाकी न्यूज,जनकपुरधाम : प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संगगर्नु भएको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको छ।
बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन परिक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको हो ।
बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको आभावलाई मध्य नजर गर्दै केन्द्र सरकारसंग तत्काल ४ हजार अक्सीजन सिलिण्डर मांग गर्नेनिर्णय समेत गरेको छ साथै त्यसै गरि होम-आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरु संग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.