हुलाकी न्यूज, रुपन्देही ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहीबार साँझ भैरहवाको नारायणथान चौकमा निषेधाज्ञ तोड्दै प्रदर्शन गरेको छ ।
मोर्चाका कार्यकर्ताहरुले निषेधाज्ञा तोड्दै टायर बाली प्रदर्शन गरेको हो ।
केही दिनदेखि भैरहवा शहर क्षेत्रमा प्रदर्शनका कार्यक्रम न्यून भएको थियो । भैरहवा क्षेत्रमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



