हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
कोभिडको संक्रमणको कारण परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका परीक्षा स्थागित गरेको उनले बताए । अर्को सूचना नहुञ्जेलसम्मको लागि परीक्षा स्थगित गरेको पौडेलले बताए ।
जेठ १३ गतेबाट तय भएको एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । यो परीक्षामा देशभरबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् ।
यस्तै कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने र घर पायक परीक्षा केन्द्रबाट परीक्षा लिने तयारी गरेको छ ।
बोर्डको बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
कोरोनाको संक्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।