जनकपुरधाम प्रदशिक हॉस्पिटलहुलाकी न्यूज,जनकपुरधाम :जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगञ्जका ४५ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले बताउनुभएको छ ।

अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा समस्या रहेको थियो भने ४२ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको डा. पाण्डेले बताए ।

हाल प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ साथै उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको डा. पाण्डेले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.