हुलाकी न्यूज,जनकपुरधाम : आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जाेड्दा मृत्यु हुनेको संख्या ८८ रहेकाे गाैतमले बताए।
यस दिन कुल १८ हजार ७८७ जनाको नमुना संकलन भएको थियो। आज थपिएका संक्रमितसहित हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको गौतमले बताए।