हुलाकी न्यूज, काठमाडौं १७ भदौ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी सँघले मधेशमा भईरहेको प्रहरी दमनको छानविन गर्न अन्तर्राष्ट्रिय निकायसँग माग गरेको छ ।

संघको भारत शाखाका अध्यक्ष सुजित कुमार ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै मधेशमा जारी आन्दोलनमा नेपाल सरकारले गरेको दमन तथा सर्वसाधारणको हत्याको विरोध गर्न अन्तर्राष्ट्रिय निकायसँग अपील गरेको हो । साथै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ–संस्थाहरुलाई घटनाहरुको छानविन गर्न आग्रहसमेत गरेको छ ।

मधेशमा नेपाल सरकारले जातीय नरसंहार गरिरहेको दाबी गर्दै उक्त कार्यको भत्र्सना गरिएको छ । विज्ञप्तिमा वार्ताको माध्यमबाट शान्तिपूर्ण तरिकाले समस्याको सामाधान गर्न अपीलसमेत गरिएको छ ।

जातीय भेदभावका कारण टिकापुर घटना
संघको विज्ञप्तिमा जातीय भेदभावका कारण टिकापुर घटना भएको बताइएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमनका कारण र राज्यमा एकल जातीय वर्चस्वका कारण टिकापुरमा एसएसपीसहित ९ जनाको हत्या भएको दाबी गरिएको छ ।

मधेशमा पनि प्रहरीले एक दर्जनभन्दा अधिकको हत्या गरेको दाबी गरिएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.