आन्दोलनको समर्थनमा रहेको साहको दाबी

हुलाकी न्यूज, रौतहट ३ मंसिर । नेपाली जनता दलका अध्यक्ष एवं साँसद हरिचरण साहलाई आन्दोलनकारीहरुले कालोमोसो दलका छन् ।
विहीबार साँझ गौरको संस्कृति एफएममा अन्तरवार्ता दिन पुगेका साहलाई आन्दोलनकारीहरुको समूहले कालोमोसो दल्नुका साथै गाडिमा तोडफोड गरेको छ ।

आन्दोलनकारीहरुका अनुसार साँसद साह जारी भएको संविधानमा हस्ताक्षर गरेकोले कालोमोसो दलिएको हो ।

तर साहले आफू मधेश आन्दोलनकै पक्षमा रहेको दाबी गरेका छन् ।

साँसद साह प्रधानमन्त्रीको निर्वाचनमा पनि नेपाली काँग्रेसका सुशील कोइरालालाई मत दिएका थिए भने पछिल्लो समय मधेशी मोर्चासँगै रोष्टम घेराउ कार्यक्रममा सहभागी छन् ।

साँसद साह नेपाली जनता दलको समानुपातिक एक मात्र साँसद हुन् ।

2 COMMENTS

  1. हरिचरण साह मधेश आन्दोलनको समर्थनमा रहेको दाबी गरेको कुरा सुनेर मलाई आश्चर्य लागेको छ । हरिचरण साह नामको दुई जना साँसद संसदमा छ भने मेरो दृष्टि दोष हुन सक्छ । यदि हरिचरण साह नामको एक जनामात्र सांसद छ भने काठमाण्डु टि भि मा मधेश अन्दोलनको बिरुद्धमा विष वमन गरेको देखेको मेरो दृष्टि दोष पक्कै होईन ।
    साँसद साह प्रधानमन्त्रीको निर्वाचनमा पनि नेपाली काँग्रेसका सुशील कोइरालालाई मत दिएको दावि गर्नु हुन्छ भने प्रधानमन्त्रीको निर्वाचनमा आलीको उम्मेदवारिको निवेदनमा आठजना प्रस्तावकमा अस्ताक्षर गर्ने एक जना हरिचरण साहको थियो । जसको अभिलेख अहिले पनि संसदमा कायमै छ ।

  2. जातीय पत्रकारिता बन्द गरौँ बिपी जी ! पुर्ब रास्ट्रपति रामबरण देखि संसद हरिचरण सह सम्म को समाचार भेदभाव पूर्ण देखियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.