हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको मृत्यु भएको छ। ती पुरुषको बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जानकारी दिए ।
सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा वैशाख १७ गते उनलाई करोना पोजेटिभ पुष्टि भएको थियोे ।करोना पोजेटिभ भएपछि नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएका हुन् ।