हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेका छन् ।

वैशाख ३ गते कोरोना पोजिटिभ भई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्दै आएका खत्रीलेशनिबार राति पौने ७ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।
त्यस्तै वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन भेरी अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.