हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ७ सय ५९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षण गर्दा थप ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४७५  पुगेको मन्त्रालयको तथ्यांक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.