हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका वृद्ध झा दम्पती हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ।

गत फागुन ११ गते घरबाट बेपत्ता भई चैत १२ गते सडेगलेको अवस्थामा माटोमुनि शव फेला परेका वृद्धदम्पतीको हत्यामा संलग्न अन्य ६ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

महोत्तरी जिल्ला अदालतको ५ नं. बेन्चका न्यायाधीश डा. रमेशप्रसाद रिजालको एकल इजलासले उक्त आदेश दिएको हो । पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्ध मुसाफिर झा र उनकी श्रीमती गीतादेवीको हत्या आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरी यथेष्ठ सबुत प्रमाणका साथ जिल्ला अदालत महोत्तरीमा न्यायका लागि मुद्दा बुझाएको थियो ।

अदालतले पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धा तारादेवीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको तथा थप अभियुक्तहरू उनकै जेठा छोरा कैलाश झा, कान्छा छोरा बब्लु भन्ने विकास झालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।

यता सोही मुद्दामा रगत भेटिएको र अन्य विभिन्न सबुत प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेका थप चारजना सोही ठाउँ निवासी ५२ वर्षीय रामबाबु यादव, उनका जेठा छोरा २६ वर्षीय कैलाश झा र कान्छा छोरा २४ वर्षीय  राजेन्द्र झा तथा भारत बिहार घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.