हुलाकी न्यूज, काठमाडौं २ कार्तिक । सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीबीच यसअघि भएका आधादर्जन जति वार्तालाई निर्णायक वार्ता भनिदै आएको छ ।

काठमाडौं केन्द्रीत मिडियाहरुले निर्णायक वार्ता भन्ने गरे पनि कुनै पनि वार्ता सहमति नजिक पुग्न सकेको छैन । बुधबार हुने भनिएको वार्ता पनि सहमति नजिक नपुग्ने देखिन्छ ।

मधेशी मोर्चाका एक घटक तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘यो वार्ताहरु नाटक मात्रै हुन्, भएका वार्ताहरु पनि नाटक जस्तै छन्, तीन दलले अहिलेसम्म ठोस् कुरा राखेको छैन । हामीले ११ बुँदे सारेका विषयमा काँग्रेस–एमाले–एमाओवादी आफै अलमलमा छन् । अनी हामीसँग निर्णायक वार्ता गर्ने कुरा गर्छन् ।’

महतो भन्छन्, ‘निर्णायक वार्ताका लागि सरकारी पक्षले निर्णायक कुरा ल्याउनु पर्छ तर त्यही मधेशीलाई अल्झाउने कुरा मात्रै सरकारी पक्षले गर्दै आएको छ । हामी बाध्य भएर अझ सशक्त आन्दोलनमा जाँदैछौं । भोलीदेखि हामी अझै कठोर आन्दोलनमा होमिदैछौं । जसको जिम्मेबार नेपाल सरकार नै हुनेछ ।’

1 COMMENT

  1. तिमीहरुकाे निर्णायक अान्दाेलन कहिले सम्म हाेला । के तिमीलाई थाहा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.