हुलाकी न्यूज,जनकपुरधाम : भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषा दुबै आइतबारदेखि अनिश्चितकालीन बन्द हुने भएको छ।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले बताउनुभयो ।
जोखिम नियन्त्रण गर्न भीडभाड कम गरी कार्यालय संचालन गर्ने व्यवसथा मिलाउँदासमेत भीड बढ्दै गएकाले सेवा बन्द गर्नुपरेको मालपोत कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी आइतबारदेखि नापी कार्यालय धनुषाले समेत आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ । अ




