हुलाकी न्यूज, काठमाडौं २ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश–थरुहटमा जारी आन्दोलनलाई भोलिदेखि थप सशक्त पार्ने तयारी गरेको छ ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलिबाट आन्दोलन सशक्त हुने बताएका छन् ।
यादवले भने,‘आन्दोलनलाई कडा पार्नुको विकल्प हामीसँग छैन, भोलिबाट आन्दोलन सशक्त भएर जानेछ । आन्दोलनका विषयमा आज मोर्चामा छलफल हुँदैछ ।’
मोर्चाको छलफल हुँदै
सरकारी पक्षसँग भइरहेको वार्ताको विषयमा छलफल गर्न तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउन आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक काठमाडौंमा बस्दैछ ।
अध्यक्ष यादवका अनुसार आजको मोर्चाको बैठकले आन्दोलनका विषयमा थप छलफल गर्ने र भोलिबाट आन्दोलनलाई सशक्त बनाउनेछ ।
निर्णायक वार्ताको नाममा नाटक
सरकारी पक्षले मधेशी मोर्चाको वार्ता टोलीसँग हुने प्रत्येक वार्तालाई निर्णायक वार्ता भनेर प्रचार गर्दै आएको छ । तर उक्त वार्ताहरु निष्कर्षविहिन बन्दै आएको छ ।
आज पनि मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच वार्ता हुने जनाइएको छ ।
यता मधेशी मोर्चाका वार्ता टोली सदस्यरुले आज पनि मोर्चाले त्यही मागहरु अगाडि सार्ने हुलाकी न्यूजलाई बताए ।
यसअघि शीर्ष नेतृत्व स्तरमा मोर्चाको नेताहरुसँग छलफल भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले मधेशी मोर्चाका केही नेताहरुलाई व्यक्तिगत रुपमा भेटघाट गरी छलफल गरिसकेका छन् ।




Khas badi neta haru barta ko naam ma natak matra gerd6n. madeshi kukur haru lay bina rok tok petrolium puryae rahe6n. E kukur haru lae kadai ka sath karwahi gernu perd6.
कहिले सम्म कडा अान्दाेलनकाे नाटक गर्ने । ताकत भए गरि हाल्थ्याे नि ।