हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश न २ मा बिहीबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  भने सबभन्दा बढी पर्सामा १४१ जना छन् ।

यसैगरी धनुषामा ४६ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले बताउनुभयो ।

त्यसैगरी बारा २३ जना, रौतहट १७ जना, महोत्तरी १५ जना, सिरहा ७ जना, सर्लाही ६ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका बरिष्ट चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज संक्रण पुष्टि भएका मध्ये १८५ जना पुरुष र ७४ जना महिला छन् । योसंगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.