हुलाकी न्यूज,जनकपुरधाम : बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा बाँकेका ६ तथा कैलाली र बर्दियाका एक एक जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय पुरुष, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ की ६७ वर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय र कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उता, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टा कै अवधिमा तीन जना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो । प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
त्यसैगरि ३ बजे मायादेवी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ । उनीहरु दुई जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो । आजबाट रुपन्देहीमा लकडाउन शुरु भएको छ । यहाँ १ हजार ८ सय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.