हुलाकी न्यूज,जनकपुरधाम : मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले धन्यवाद दिएको छ।
१ सय २० जना प्रतिवादी रहेको १५ थान मुद्दा ओली सरकारले फिर्ता लिए पछि धन्यवाद दिँदै महतोले भने,‘सरकारले मुद्दा फिर्ताको काम शुरू गरेकोमा धेरै धेरै धन्यवाद छ, अब बाँकी रहेको मुद्दा पनि छिटो भन्दा छिटो फिर्ता लिओस् । ’
यता सरकारले पनि कानून र संविधान बमोजिम फिर्ता लिन मिल्ने मुद्दा क्रमशः फिर्ता लिइने सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा बताएका छन् ।
जसपाले २ सय २४ जना प्रतिवादी रहेको कुल २६ थान मुद्दाको सूची अहिले सरकारलाई बुझाएको छ । जसमध्ये १२० जना प्रतिवादी रहेको १५ थान मुद्दा पहिलो चरणमा सरकारले फिर्ता गरेको छ।लोकान्तर



