
हुलाकी न्यूज, जनकपुरधाम, १७ भदौ । जनकपुरमा थप प्रहरी परिचालन गरिएको छ । सिन्धुली र रामेछापबाट सशस्त्र र नेपाल प्रहरी झिकाई जनकपुरमा प्रहरीको संख्या बढाइएको छ ।
बुधबार राति मात्रै सिन्धुली र रामेछापबाट थप प्रहरी जनकपुर खटाइएको सशस्त्रका एसपी रविन्द्र ठाकुरले बताए ।
ठाकुरले सिन्धुली र रामेछापबाट गरी तीन सय सशस्त्र प्रहरी जवान र दुई सय नेपाल प्रहरी जवान जनकपुर आएको जनाए ।



