हुलाकी न्यूज,जनकपुरधाम : : भारतस्थित नेपाली दूतावासले त्‍यहाँ रहेका नेपालीहरुलाई कोभिड १९ महामारीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ।

मंगलबार दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन राजदूतावास सबैमा अनुरोध छ।’

यस्तै कार्यालय समयमा राजदूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा अथवा अन्‍य कुनै विषयमा सूचना तथा जानकारी, सल्लाह, सुझाव, को लागि [email protected] मा इमेल र फोन सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.