हुलाकी न्यूज,जनकपुरधाम : कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई अनेरास्ववियु नगराईन द्वारा नि:शुल्क मास्क बितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै अनेरास्ववियु नगराईनले निःशुल्क मास्क वितरण गरेको हो।
नगराइन् बजार चोकमा मास्क वितरण गर्दै जटही नाका सई-साहेब मनिषश्रेष्ठ र ईआर राम भगत मण्डलले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो।
कोरना भाइरसबारे सचेतना जगाउँदै एक हजार मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने केन्द्र कमिटी सदस्य अनेरास्ववियुका आर्दश मण्डलले बताउनुभयो ।



