हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमा एक गाडी डिभाइडरमा ठोक्किएर आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि हुँदै गन्तव्यतर्फ गुडिरहेको हायस सडकको वीच बाटोमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

 

दुर्घटनामा गाडीमा रहेको सिलिण्डरहरु एक आपसमा ठोकिएपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार धनुषाको महेन्द्रनगरबाट जन्ती लिएर जनकपुरतर्फ फर्किदै गर्दा गाडीमा सवार रहेका एक दर्जन जन्तीमध्ये २ जना घाइते भएका छन् । क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन ।

धनुषा प्रहरीका अनुसार सो गाडीमा तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना हुन पुगेको जनाएको छ ।

सडकको बीच बाटोमा राखिएको डिभाइडरमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

उनले चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.