हुलाकी न्यूज,जनकपुरधाम : भरुवा बन्दुक सहित दुई जना सिकारीलाई जंगलबाट प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित पूर्व पश्चिम राजमार्गस्थित मरहा खोलाको पुलभन्दा दक्षिण जंगल क्षेत्रबाट भरुवा बन्दुक सहित दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने बर्दिबास नगरपालिका वडा नम्बर १ का ३९ बर्षीय सोम मगर र गौशाला नगरपालिका वडा नम्बर ७ का ५६ बर्षीय कृष्णबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले बताएकाे छ ।

पक्राउ परेकाहरुका साथबाट १ थान भरुवा बन्दुक, एक सय ग्राम बारुद, केही फलामका छरा र ज ७ प ३३२९ नमबरको मोटरसाइकल सहित बरामद गरिएको इन्स्पेक्टर बालिस्टर सिंहले जनाएको छ ।

पक्राउ परेका सिकारीहरुमाथि अबैध खरखजाना थप अनुसन्धान थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.