हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिस्ठ जनस्वास्थ्य अधिकृत विजय झालाई दोश्रो पटक कोरोना संक्रमण भएको छ । गत वैशाख ५ गते कोरोना पुष्टि भएपछि बरिस्ठ अधिकृत झा होम आइसोलेशना थिए।
शुक्रबार अचानक स्वास्थ्य अवस्था खराब भएपछि राति नै उनलाई काठमाडौंको पाटन हस्पिटलमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था निकै असहज भएपछि जनकपुरमा उपचार सम्भव नहुँदा काठमाडौं लगिएको परिवारजनले जनाएका हुन्।
प्रदेश २ को समाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशासक समेत रहेका झा प्रदेश २ मा एकवर्षदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवं संक्रमितको तथ्यांक संकलन लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।



