हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका हुन्।

केपी ओलीले हिजो आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको नेता नेपालले बताउनुभयो।

शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भर्‍याङ उक्लेर चढेको बताए।

उनले भने, ‘हिजो उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो ।’ नेता नेपालले ओलीको दम्भको कुनै अर्थ नरहेको बताए।

‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैनौँ, संविधानको मर्म र भाव अनुसार अगाडि बढ्छौँ । कुनै व्यक्तिको मुख हेरेर हैन जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ’, नेपालले भनुभएका छन्।

केपी ओलीको विचार गलत रहेको भन्दै उनले पार्टीको नाम र चुनाव चिन्ह मुख्य विषय नरहेको समेत बताए। ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुख्य कुरा होइन, विचार मख्य कुरा हो’, उनले अगाडि भने, ‘विचारले नै सहि बाटो देखाउँछ। हामी सही विचारको पक्षमा उभिएका छौँ।’

केपी ओलीसँगको भेटलाई नेता नेपालले बालुवा पेलेर तेल ननिस्कने अर्थ लगाए। उनले भने, ‘अस्ति म होटेलमा गएको थिए, कुराकानी पनि भयो। मलाई केही आशा जालेको थियो, तर हिजोको बैठकमा उहाँले झनै दम्भ देखाउनुभो।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.