काठमाडौं । पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको छ । जसमध्ये १ सय ८ ट्यांकर पेट्रोल, ३ सय ५७ ट्यांकर डिजेल र १ सय ६ वटा ग्यास बुलेट काठमाडौं पठाइएको छ ।

दसचक्के एउटा ट्यांकरमा २० हजार र ६ चक्केमा १२ हजार लिटर पेट्रोलियम (पेट्रोल–डिजेल) पदार्थ अट्छ । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौं पठाउन दसचक्के ट्यांकरकै प्रयोग भइरहेको स्रोतको भनाइ छ । काठमाडौं पु¥याइएका १ सय ८ ट्यांकरमा २१ लाख ६० हजार लिटर पेट्रोल थियो । ५ लिटरकै दरले वितरण गर्ने हो भन्ने जोगबनी नाकाबाट मात्रै काठमाडौं पुगेका पेट्रोल ४ लाख ३२ हजार सवारीसाधनले पाउँछ । असोज १८ देखि कात्तिक २९ गतेसम्म जोगबनी नाकाबाट विराटनगर डिपो आइपुगेका पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत गृह मन्त्रालयको निर्देशनमा काठमाडौं पुर्याइएको छ ।

काठमाडौंवासी भने पेट्रोलियम पदार्थको चरम अभाव झेल्दैछन् । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये २५ प्रतिशत अर्थात् ३६ ट्यांकर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा वितरण गरिएको छ । छचक्के ट्यांकरको इन्धन विराटनगरमै राखिएको स्रोतको भनाइकै आधारमा एउटा ट्यांकरमा १२ हजार लिटर पेट्रोल हुन्छ । ३६ ट्यांकरलाई १२ हजारले गुणन गर्दा ४ लाख ३२ हजार लिटर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा आपूर्ति भएको छ । तर, कोसी–सगरमाथा अञ्चलमा पनि इन्धन वितरण सहज हुन सकेको छैन । नाकामा अवरोध भएयता विराटनगरका उपभोक्ताले लाइन लागेर ५ पटक ५ सय रुपैयाँको पेट्रोल मात्र लिन पाएका छन् । ‘जोगबनी नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ काठमाडौं नपठाएको भए यहाँ छेलोखेलो हुन्थ्यो’ नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, कोसीका उपाध्यक्ष अरबिन्द शर्माले भने, ‘काठमाडौंको अभाव टार्न यहाँबाट इन्धन पठाइयो, त्यहाँका जनताले पनि पाएका छैनन्, आखिर त्यत्रो तेल गयो कहाँ ?’ एक पेट्रोलियम व्यवसायीका अनुसार आयल निगमको ट्यांकर बाहेक पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ काठमाडौं गइरहेकै छ ।

आयात ५० प्रतिशत कम

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार नाकाबन्दीमा सुदूरपश्चिमी नाकाबाट कोटाभन्दा ५० प्रतिशत कम तेल आयत भएको छ । कात्तिकमा २० लाख लिटर तेल कम आयात भएको नेपाल अयाल निगम क्षेत्रीय कार्यालय, धनगढीका प्रमुख शरद पौडेल बताउँछन् ।

सुदूरपश्चिममा भित्रिने गौरीफन्टा नाकामा मधेसी मोर्चा तथा थरुहट, थारुवान संयुृक्त संघर्ष समितिको कुनै अवरोध नभए पनि भारतीय बनथरा डिपोले ५० प्रतिशत कम तेल दिएको हो ।

असोज १८ देखि कात्तिक २९ गतेसम्म

पेट्रोल : १०८ ट्यांकर (२१ लाख ६० हजार लिटर)

डिजेल : ६८५ ट्यांकर (७१ लाख ४० हजार लिटर)

ग्यास : १०६ बुलेट (१,३४,६२० सिलिन्डर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.