हुलाकी न्यूज,जनकपुरधाम : बुधबार मुलुकमा २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।
८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
मंगलबारसम्म सक्रिय संक्रमित संख्या १०,५८२ पुगेको छ ।



