हुलाकी न्यूज, जनकपुरधाम ३० कार्तिक । एक वर्षअघि जनकपुरधामबाट प्रशारण सुरु गरेको टिभी टुडेले प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।
गएको वर्ष छठका दिन प्रशारण थालेको टुडे जनकपुरधामको पहिलो टिभी हो । मध्यमधेशको पहिलो टिभी रहेको दाबीसमेत गरिएको छ ।
जनकपुर टुडे सञ्चार समूहद्वारा प्रशारणमा ल्याइएको टिभीका सम्पादक बृजकुमार यादव भन्छन्,‘हामी सफलता पूर्वक एक वर्ष पुरा गरेका छौं । अहिले हामी टिभीको विस्तार कार्यमा जुटेका छौं । मधेशमा अझै सशक्त रुपमा अगाडि बढ्न प्रयासरत छौं ।’
हाल जनकपुरधाम टुडेसहित अप्पन टिभी र जनकपुर टिभी प्रशारणमा रहेको छ ।



