हुलाकी न्यूज, जलेश्वर ३० कार्तिक । शीर्ष तीन दलले मधेशी जनतालाई भड्काउन खोजेको आरोप राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले लगाएका छन् । भण्डारीले प्रमुख तीन दल काँग्रेस–एमाले–एमाओवादीले बारम्बार मधेशी जनतालाई घोच्ने काम गरेको बताए ।

महोत्तरी क्षेत्र नं ६ को कान्तिबजारमा राष्ट्रिय मधेश समाजवादी पार्टीद्धारा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले वार्ताको नाममा सरकारले आन्दोलनलाई थकाउने र भड्काउने प्रयास गरिरहेको बताए ।

दुई महिनादेखि चलिरहेको वार्ता सार्थक हुन नसकेको भन्दै भण्डारीले सरकार वार्ताप्रति सकारात्मक नभई मधेशी र गैरमधेशीलाई जुद्धाउन खोजेको आरोप लगाए ।

विरोधसभाको राष्ट्रिय मधेश समाजवादी पार्टी धनुषा अध्यक्ष देवकृष्ण मण्डल, महोत्तरी अध्यक्ष राजेन्द्र साह र सर्लाही अध्यक्ष दिनेश रायसहितका वक्ताहरुले सम्बोधन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.